‘सिल्कवेयरका उत्पादन गुणस्तरिय, शुलभ र टिकाउ छन’– निर्देशक झा, जनशन इन्टनेशनल
केशब पाठक,
पोखरा,
जनशन इन्टनेशनलका निर्देशक राजन झाले जनशन इन्टनेशनलले उत्पादन गरेका सिल्कवेयरका धाराहरु गुणस्तरिय, शुलभ र टिकाउ रहेको बताएका छन । स्वदेशी अर्थतन्त्रलाई बलियो बनाउने गरि आफ्ना उत्पादनहरु नेपाली बजारमा ल्याएको उनले बताए ।
पोखरामा जनशनको उत्पादन शिल्कवेयरका धारामा प्रयोग हुने सामाग्रीहरुको प्रचार प्रशार गर्ने क्रममा निर्देशक झाले आफ्ना कम्पनीका उत्पादन विदेशी सामाग्री भन्दा उच्च र गुणस्तरिय सामाग्रीहरु बजारमा ल्याएको दावी गरे ।
धारामा प्रयोग हुने आइएसओ सर्टिफाइड धाराहरु तिन वर्षको अध्ययन पनि उत्पादन शुरु गरेको निर्देशक झाले जानकारी दिंदै अहिले नेपाली बजारमा भारतिय र अन्य विदेशी धारा, स्नानगृह र शैचालयमा प्रयोग हुने सबै व्राण्डका गरि प्रत्येक बर्ष ५–६ अर्वको बार्षिक कारोबार हुने बताए । उनले भने–‘जती सामाग्रीहरु आयात हुन्छ त्यती नै खुल्ला सिमाना भएका कारण अनाधिकृत रुपमा पनि आएको छ ।’ तर अव आफूहरु नेपाली अर्थतन्त्रलाई टेवा दिने गरि कम्पनीले आफ्ना उत्पादनहरु बजारमा ल्याइने बताए ।
जोनशनका उत्पादान गरेका धाराका सामाग्री बलियो मात्रै नभई १० वर्षको वारेन्टीका साथ बजारमा विक्री भइरहेको जानकारी दिंदै उपभोक्ताहरु आफ्ना कम्पनीका उत्पादन बाट पूर्ण सन्तुष्ट हुने बताए । ‘शिल्कवेयरमा ४ वटा ‘रेञ्ज’ छन जसमा १७ वटा विभिन्न प्रकारका ‘डिजाइनमा’ उपलव्ध छन, अब हामी जुन सुकै देश संग पनि ‘कम्पिट’ गर्न सक्षम छौं ।’
कुनै पनि धाराका सामाग्री विग्रेमा ७२ घन्टा भित्र ‘रिप्लेसमेन्ट’ सुविधा ग्राहकहरुलाई प्रदान गरिएको बताउँदै निर्देशक झाले आफ्नै देशका उत्पादन प्रयोग गर्न सबै ग्राहकहरुलाई आग्रह समेत गरे । यस्तो सुविधा अरु कम्पनी र उत्पादकहरुले दिनै नसक्ने दिए पनि एकदमै ढिलो गरि हुने उनले बताए । अहिले आफ्ना उत्पादन हरु कर्णालीका ग्राहकहरुले प्राप्त गर्न सकुन भन्ने हिसावले कम्पनीले ‘एग्रेसिभ’ तरिकाले कम्पनीले आफ्ना उत्पादन हरु बजारमा ल्याएको निर्देशक झाले बताए । पोखरामा ६ वटा डिलरहरु बाट सिल्कवेयरका सामाग्रीहरु विक्रि भइरहेको र अव तुरुन्तै नयाँ स्टलहरु संचालन गरिने उनले बताए ।
पोखराका ग्राहकहरु विशेष गरि ‘क्वालिटी’ र ‘लुक्समा’ वढी ध्यान दिने बजारको सर्वेक्षणमा रहेकोले पोखराका ग्राहकहरुलाई विशेष रुपमा ध्यान दिंदै त्यस्ता समाग्री पनि बजारमा ल्याइने निर्देशक झाले बताए । उनले ग्राहकको माग चाहना र डिजाइन अनुसार पनि कम्पनीले तुरुन्तै डिजाइन गरेर सामाग्री उत्पादन गर्ने बताउँदै भने–‘हामी ग्राहकको चाहना र डिजाइन अनुसारनै आफ्ना उत्पादनहरु तुरुन्तै उत्पादन गर्ने कुरामा विश्वास दिलाउँन चाहन्छु ।’ उनले ग्राहकलाई एकपटक आफ्ना कम्पनीका उत्पादनहरु प्रयोग गर्न आग्रह समेत गरे ।
विरगंजमा रहेको जनशनको अर्को ग्रुप, इन्टरनेनल सिमेन्ट्स प्रालीले ओम सिमेन्टको समेत उत्पादन गर्दै आइरहेको छ भने अब लगतै बाथरुम र शौचालयमा प्रयोग हुने अत्याधुनिक सामाग्रीहरु बजारमा ल्याइने निर्देशक झाले बताए । धाराका सामाग्री बनाउन कम्पनीले भारत र जर्मनी बाट कच्चा पर्दाथ आयात गरिरहेको समेत उनले जानकारी दिए । उनले यसमा जोड दिंदै भने–‘जुन कच्चा सामाग्रीहरु भारतिय कम्पनी र अन्य विदेशी कम्पनीले प्रयोगमा ल्याएका छन हामीले शत–प्रतिसत त्यही सामाग्री प्रयोगमा ल्याएका छौं त्यसैले पनि हामी दावाका साथ भन्छौ हाम्रो उत्पादन गुणस्तरिय छ ।’